अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

बुझाइमा फरक परेको भन्दै पुनः एमालेको निर्देशिका जारी

बिआरटीनेपाल २०७८ कार्तिक २२ गते ६:०१ मा प्रकाशित

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी जारी गरेको अन्तरपार्टी निर्देशनको बुझाइमा फरक परेको भन्दै केन्द्रीय कार्यालयले फेरि आन्तरिक निर्देशिका जारी गरेको छ । यसअघि जारी गरिएको अन्तरपार्टी निर्देशन १३ मा उल्लेख भएका विषयमा बुझाइ र कार्यान्वयनमा एकरुपता कायम गर्न अलमल भएको भन्दै फेरि आन्तरिक निर्देशिका जारी गरिएको एमालेले जनाएको छ ।

नयाँ निर्देशिकामा राष्ट्रिय महाधिवेशनका प्रतिनिधिको निर्वाचनको मापदण्ड तोएिको छ । २०७७ चैत मसान्तसम्मका पार्टी सदस्य मात्रै राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनका लागि मतदाता हुने अन्तरपार्टी निर्देशनमा उल्लेख छ । साथै प्रतिनिधिहरुको निर्वाचन केन्द्रीय संगठन विभागबाट अभिलिखित पार्टी सदस्यताको विवरणको आधारमा गरिने बताइएको छ ।

२०७८ कात्तिक २७ गते स्वदेश तथा प्रवासमा एकैसाथ प्रतिनिधि निर्वाचन गरिने छ । एउटा पार्टी सदस्यले एउटा निर्वाचन क्षेत्रमा मात्र प्रतिनिधि चुन्ने÷चुनिने अधिकार प्रयोग गर्न पाउने एमालेले मापदण्ड तोकेको छ ।प्रदेश प्रतिनिधि हुने पार्टी सदस्य प्रतिनिधि चयन प्रक्रियामा सहभागी नहुन पनि निर्देशन दिइएको छ । केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीसमेत सदस्यहरु मध्येबाट हुने प्रतिनिधि निर्वाचनको व्यवस्थापन केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्षले गर्नेछन् ।

प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरु मध्येबाट हुने प्रतिनिधि निर्वाचनको व्यवस्थापन सम्बन्धित प्रदेश वा सो सरहका कमिटीले गर्ने निर्देशनमा उल्लेख छ । त्यस्तै, प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गतका सदस्यहरु मध्येबाट हुने प्रतिनिधि निर्वाचनको व्यवस्थापन सम्बन्धित जिल्ला कमिटीले गर्नेछन् । देशभित्रका विशेष जिल्ला अन्तर्गतका प्रतिनिधि निर्वाचनको व्यवस्थापन सम्बन्धित विशेष जिल्ला कमिटीले गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू