अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

विश्वमा एक वर्षमा खाद्य पदार्थको भाउ झण्डै ३० प्रतिशत बढ्यो

बिआरटीनेपाल २०७८ कार्तिक २० गते ३:३२ मा प्रकाशित

पछिल्लो एक वर्षमा विश्वमा खाद्यपदार्थको भाउ झण्डै ३० प्रतिशत महँगो भएको पाइएको छ ।

पछिल्लो १० वर्षकै उच्च मूल्यवृद्धि भएर ३० प्रतिशत महँगो भएको संयुक्त राष्ट्रसङ्घीय निकास फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन एफएओले जनाएको छ ।

विश्वमा सबैभन्दा धेरै खाद्यान्न र खाने तेलको मूल्य लगातार बढिरहेको छ । गएको अक्टोबर महिनामा वनस्पति तेलमा १० प्रतिशत मूल्यवृद्धि भएको छ ।

महामारीका कारण आपूर्तिमा समस्या, उद्योगहरू बन्द हुनु, खडेरी तथा धेरै वर्षाका कारण उत्पादन कमी हुनु, राजनीतिक तनाव बढ्नु लगायतका कारण मूल्यवृद्धि भएको एफएओको प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तनको असरले यस अघि नभोगिएका विपत्तिहरु भोग्नुपरेको र यसको असर कृषिमा पर्दा पनि खाद्यान्नको भाउ बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू