अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

टी–ट्वान्टी विश्वकपः भारत र न्यूजील्याण्डको सेमिफाइनल प्रवेशको सम्भावना जिवितै, दुबैले निकाले आ–आफ्ना खेलमा जीत

बिआरटीनेपाल २०७८ कार्तिक १९ गते २०:५० मा प्रकाशित

आईसिसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारत र न्यूजील्याण्ड दुबैले सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेका छन् । आ–आफ्ना खेलमा दुबैले जीत निकालेकाले अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राखेका हुन् ।

भारतले आफ्नो खेलमा तुलनात्मक रुपमा कमजोर ठानिएको स्कटल्याण्डलाई आठ विकेटले हराउँदै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ ।

 टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारत र न्यूजील्याण्ड दुबैले सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेका छन् । आ–आफ्ना खेलमा दुबैले जीत निकालेकाले अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राखेका हुन् ।

भारतले आफ्नो खेलमा तुलनात्मक रुपमा कमजोर ठानिएको स्कटल्याण्डलाई आठ विकेटले हराउँदै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राखेको हो ।

स्कटल्याण्डले दिएको ८६ रनको झिनो लक्ष्य भारतले ६ ओभर ३ बलमा केवल दुई विकेटको क्षतिमा पूरा गरेको हो । भारतलाई जीत दिलाउने क्रममा केएल राहुलले ५० र रोहित शर्माले ३० रन जोडे ।

स्कटल्यान्डका ब्राड ह्वील र मार्क वाट्टले एक–एक विकेट हात पारे । यसअघि, ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर केवल ८५ रन बनाउन सक्यो ।

स्कटल्यान्डका जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे । भारतका मोहम्मद सामी र रविन्द्र जडेजाले समान तीन–तीन विकेट हात पारे । जसप्रित बुमराहले दुई तथा रविचन्द्रन आश्विनले एक विकेट लिए ।

जितसँगै भारतले चार खेलबाट चार अंक जोडेको छ । भारतले दुई खेलमा जीत र दुई खेलमा पराजय भोगेको छ । यस समूहबाट चार खेल जित्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने चारमध्ये तीन खेल जितेको न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

अफगानिस्तानको पनि चार खेलमा चार अंक छ । तर रनरेटमा भारत अघि छ । स्कटल्याण्डले भने खेलेका चारवटै खेलमा पराजय भोगेको छ । भारतले आफ्नो अन्तिम खेल नामिबिया तथा न्यूजिल्याण्डले अफगानिस्तानसँग खेल्नेछ ।

भारत सेमिफाइनलमा पुग्न नामिबियालाई ठूलो अन्तरले पराजित गरेर मात्र पुग्दैन अफगानिस्तानले न्यूजिल्याण्डलाई जित्न सक्नुपर्नेछ र रनरेट भारतको पक्षमा हुनुपर्नेछ ।

यसअघि, टी–ट्वेन्टी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले नामिबियालाई ५२ रनले हरायो । यो जीतसँगै न्यूजिल्याण्डले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ ।

पाकिस्तानसँग पराजित भएको न्यूजिल्याण्डले भारत, स्कटल्याण्ड र नामिबियालाई हराएको छ भने अफगानिस्तानसँग खेल्न बाँकी छ ।

न्यूजिल्याण्डले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६३ रन जोडेको थियो । न्यूजिल्यान्डका ग्लेन फिलिप्सले अविजित ३९ र जेम्स निसामले अविजित ३५ रन जोड्दा कप्तान केन विलियमसनले पनि २८ रन जोडेका थिए ।

नामिबियाले भने निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ११ रन मात्र जोड्न सक्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू