अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

चीनको राजधानी बेइजिङमा पनि वायु प्रदूषण ह्वात्तै बढ्यो

बिआरटीनेपाल २०७८ कार्तिक १९ गते २०:४४ मा प्रकाशित

चीनको राजधानी बेइजिङमा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । प्रदूषणले गर्दा दुई सय मिटरभन्दा पर देख्न नसकिने अवस्था उत्पन्न भएको छ । जसका कारण कतिपय राजमार्ग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो सहरमा जाडो मौसम सुरु हुनभन्दा पहिलो प्रदूषण बढेको हो । प्रदूषण बढेसँगै सरकारले निर्माण कार्य, कारखानाको काम खुला तथा विद्यालय र बाहिरी गतिविधि बन्द गर्न निर्देशन दिएको छ ।

सहरका धेरै गगनचुम्बी भवनहरूको माथिल्लो भाग प्रदूषणकारण देख्न सकिँदैन । बेइजिङ–तिजियाङ–हेइवेको औद्योगिक क्षेत्रले जाडोको मौसममा गम्भीर प्रदूषण समस्याको सामना गर्छ ।

आगामी दुई दिनमा आउने हावाले बेइजिङलाई यो धुवाँबाट मुक्त गर्ने अपेक्षा गरिएको छ । यता, चीन सरकारले प्रदूषणविरुद्ध अभियान सुरु गरेको छ ।

सरकारले गत भदौमा यो वर्ष देशका ६४ औधोगिक सहरमा यो अभियान चलाउने बताएको थियो । शीतकालीन ओलम्पिक ४ फेब्रुअरीदेखि २० फेब्रुअरीसम्म चीनमा हुँदैछ । यो खेलकुद प्रतियोगिता बेइजिङ नजिकैको सहर झाङजियाकुमा आयोजना हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू