अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

ललितपुरमा आगलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक १९ गते २०:०९ मा प्रकाशित

ललितपुर उपमहानगरपालिका वडा नम्बर १२ पाटनको मंगलबजारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिनुभयो ।मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको र आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत पड्किएको हुनसक्ने बताउनुभयो ।

चार तले काठको कच्ची घर रहेको र साँघुरो गल्ली भएकाले दमकल छिर्न गाह्रो परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू