अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४ | Colorodo: 09:09

अमेरिकी राष्ट्रपति बाइडेनको दिपावली /लक्ष्मीपूजा

बिआरटीनेपाल २०७८ कार्तिक १९ गते १:१२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि दिपावली मनाउनुभएको छ ।

पत्नी जिल बाइडेनसँग ह्वाइट हाउसमा बल्दै गरेको दियोको तस्वीर उहाले सार्वजनिक गदै दिपावली मनाउनुभएको हो । उहाले लक्ष्मीपूजासमेत गरेपछि दियो समेत बाल्नुभएको थियो ।

तस्वीरको साथमा उहाले हिन्दु, बौद्ध, खिस र जैन धर्मावलम्वीलाई दिपावलीको शुभकामना दिनुभएको छ ।

‘दिपावलीको ज्योतिले हामीलाई अन्धकारबाट ज्ञानको सच्चाइ, विभाजनबाट एकता, निराशाबाट आशाको याद दिन्छ,’ सामाजिक सञ्जालमा उहाले लेख्नुभएको छ, ‘अमेरिकासहित विश्वभरका हिन्दु, बौद्ध, सिख र जैनलाई दिपावलीको शुभकामना ।’

उपराष्ट्रपति कमला ह्यारिसले पनि एक भिडियो जारी गर्दै शुभकामना दिनुभएको छ । विश्वभर उज्यालोको पर्व मनाइरहँदा उहाले आफूलाई पूरानो समयको याद आउने बताउनुभएको छ । कोरोनाका कारण आफन्त गुमाउनेहरुप्रति उहाले समवेदना प्रकट पनि गर्नुभएको छ ।

बेलायती प्रधामन्त्री बोरिस जोनसनले पनि दिपावली मनाउँदै शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू