अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको डब्ल्यूएचओकाे चेतावनी

बिआरटीनेपाल २०७८ कार्तिक १९ गते ०:४४ मा प्रकाशित

युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।

युरोपभर कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको डब्ल्यूएचओले जनाएको हो ।

डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले आउँदो फेब्रुअरीसम्ममा युरोप महादेशमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या थप पाँच लाखभन्दा धेरै हुनसक्ने अनुमान गरिएको बताउनुभयो ।

क्लुग्अले खोप पर्याप्त नलगाउँदा सङ्क्रमित बढेको भन्दै खोप अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको बीबीसीले जनाएको छ ।

सङ्क्रमण बढ्दै गएकोमा चिन्ता गर्नुभन्दा सुरुमै सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्ने उहाँको भनाइ छ । सङ्क्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि सङ्क्रमण बढेको मानिएको छ ।

जनस्वास्थ्यका विज्ञले पनि सङ्क्रमणको चौथो लहरले स्वास्थ्य प्रणालीमा ठूलो दबाब पर्ने र धेरै सङ्ख्यामा मानिसको ज्यान जानसक्ने भन्दै चिन्ता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू