अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

जाजरकोटमा ट्रक दुर्घटना : दुई जनाको ज्यान गयो, आठ जना घाइते

बिआरटीनेपाल २०७८ कार्तिक १९ गते ०:३९ मा प्रकाशित

जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

सुर्खेतदेखि जुनीचाँदेका लागि छुटेको बा ५ ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा जाजरकोटका जुनीचाँदे गाउँपालिका २ बस्ने १४ वर्षका पारस सिंह र त्यहीँ ठाउँका २६, २७ वर्षका दिलबहादुर शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनामा हराइरहेका एक जना सम्पर्कमा आएका छन् । योसहित घाइते हुनेको सङ्ख्या आठ पुगेको छ । चालकसहित दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेको सुर्खेतमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू