अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

इजरायलद्वारा सिरियाको राजधानीमा क्षेप्यास्त्र आक्रमण

बिआरटीनेपाल २०७८ कार्तिक १८ गते २१:०९ मा प्रकाशित

इजरायलले सिरियाको राजधानी दमास्कस क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

इजरायलले दमास्कस वरपरको क्षेत्रमा क्षेप्यास्त्रमार्फत हवाई हमला गरेको सैन्य स्रोतलाई उद्धृत गर्दै सिरियाली सरकारी टेलिभिजनले जनाएको हो ।

इजरायली हमलाबाट सिरियामा भौतिक क्षति भएको समाचारमा उल्लेख गरिएको छ । तर, पछिल्लो क्षेप्यास्त्र हमलाबारे इजरायली अधिकारीले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

गत शनिबार पनि इजरायलले सिरियाली राजधानीबाहिरको क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको थियो । इजरायली क्षेप्यास्त्रलाई सिरियाले वायुरक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो ।

यसअघि अक्टोबर १४ मा मध्य सिरियामा भएको हवाई हमलामा परी सरकारपक्षीय ९ जना लडाकू मारिएका थिए । इरान समर्थित समूहका अखडालाई लक्षित गरी उक्त हमला भएको थियो ।

सिरियामा बढ्दो इरानी प्रभाव र सैन्य उपस्थितिपछि सजग बनेको इजरायलले कैयौं पटक सिरियाली भूमिमा आक्रमण गर्दै आएको छ ।

लेबनाली समूह हेजबोल्लाहजस्ता इरान समर्थित लडाकूका अखडा, सशस्त्र बाहन र केन्द्रलाई लक्षित गरी आफूले हमला गरेको इजरायलले स्वीकार्दै आएको छ ।

त्यस्तै, इजरायलले हेजबोल्लाहका लागि पठाइने सैन्य सामग्री बोकेका साधनमाथि समेत आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू