अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

आगामी तीन महिनामा युरोपमा पाँच लाख मानिसको मृत्यु हुनसक्छ– विश्व स्वास्थ्य संगठन

बिआरटीनेपाल २०७८ कार्तिक १८ गते २०:५४ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपमा आगामी तीन महिनामा पाँच लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

संगठनका युरोप निर्देशक हांस क्लूगले युरोप पुनः एकपटक महामारीको केन्द्र बन्नसक्ने चेतावनी दिँदै आगामी तीन महिनामा कोरोना संक्रमणबाट पाँच लाख मानिसको ज्यान जानसक्ने चेतावनी दिनुभएको हो ।

गतहप्ता विश्वभर कोरोनाबाट संक्रमित भएका र संक्रमणका कारण मृत्यु भएकामध्ये आधा मध्य एसियासहित युरोप क्षेत्रको भएको उहाँको भनाइ छ । युरोपको ५३ देश कोरोना संक्रमणमा भइरहेको वृद्धिदर चिन्ताको विषय भएको बताउनुभयो ।

संगठनका युरोप निर्देशक क्लूगले खोप अभियानको गतिलाई बढाउनुपर्नेमा जोड दिँदै सामाजिक दूरी र मास्कको अनिवार्य प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।

युरोपमा पछिल्लो समय जनजीवन सामान्य हुँदै गएको छ । रंगशालामा खेल हेर्न जान छुट दिइनुका साथै मास्कको पनि उचित प्रयोग भएको पाइँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू