अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

प्रधानमन्त्री देउवाद्वारा नेपाल संवत् ११४२ को शुभकामना

बिआरटीनेपाल २०७८ कार्तिक १८ गते २०:३२ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना दिनुभएकाे छ । उहाँले यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल संवत् नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभयो ।

नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराइ स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।

नेपाल संवतको प्रचलन र गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उहाँलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले नेपाल संवत् ११४२ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू