अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

अरोरा कोलोराडोमा देउसी भैलो कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७८ कार्तिक १८ गते १०:२७ मा प्रकाशित

नेपालीहरूले दोस्रो महान् चाड तिहारको अवसरमा नेपाली समुदायको बाक्लो बसोबास रहेको सहर अरोरामा देउसी भैलो खेल्ने कार्यक्रम हिजो बुधवार साँझ सम्पन्न भएको छ । अरोरा तथा सेन्टिनियलबासी नेपालीभासीको आयोजनामा नेपाली सांस्कृति केन्द्रको सहयोगार्थ अरोरामा देउसी भैलो खेलिएको हो । मौलिक संस्कृति जोगाउनुका साथै सदस्यहरूबिच भेटघाट र शुभकामना आदानप्रदान गर्ने अवसर कार्यक्रमले दिएको जनाएको छ ।

कार्यक्रमको सुरुवात साना साना बाल बालिकाको नमस्तेबाट भएको थियो । उक्त देउसी भैलो कार्यक्रममा स्थानीय कलाकारहरूले नृत्य, गीत, देउसी भैलो गीत आदि जोडदार प्रस्तुत गरेका थिए । यसरी गीत गाउनेहरूमा रोशन दाहाल, मनोज काजी तुलाधर, नृत्य गर्नेहरुमा अस्मिता ढकाल, रश्मि थापा, सुरेन्द्र अधिकारी, देबाश्री बस्याल, प्रतिभा कार्की, परी चौलागाईं र दिया ढकाल थिए भने भैलो गीत गाउनेमा सुनिता दाहाल, देबाश्री बस्याल, आरती न्यौपाने तथा साथीहरू देउसी भट्याउनेमा शरद श्रेष्ठ र साथीहरू गितार बजाउने बुद्ध श्रेष्ठ, मादलमा श्याम घिमिरे र गङ्गा चौलागाइ ​थिए ।

देउसी, भैलो कार्यक्रममा कोलोराडो अरोरा वरिपरि बसोबास गर्ने सबै समुदायका सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित पुरुषहरू दौरा सुरुवाल, महिलाहरू साडी चोलो लगाएर कार्यक्रममा सहभागी भएका थिए ।

CLICK HERE FOR VIDEO

नेपाली घरका उपाध्यक्ष जगादिश ढकालले नेपालीहरूको भाषा, संस्कृति, रीति रिवाज, तथा भेसभुसा स्थानीयलाई पहिचान गराउन, अमेरिकामा जन्मे हुर्केका बाल बालिकाहरूलाई हाम्रो संस्कृति सिकाउने उद्देश्यको साथ हरेक वर्ष देउसी भैलो लगायत विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदै आएको बताएका छन् । साथै उक्त कार्यक्रममा सञ्चार तथा संवाद समितिमा संयोजक गङ्गा चौलागाईं, भोजन व्यवस्थापन समितिको संयोजक नवराज न्यौपाने र कार्यक्रम समितिको जिम्मेवारी संयोजक अर्जुन बगालेले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

एकै स्थानमा खेलिएको देउसी भैलोमा करिब ७० जना नेपालीहरूले नगद सहयोग गरेका थिए । सबै भन्दा बढी सहयोग गर्नेमा गङ्गा चौलागाईं २५२ डलर, राज ढुङ्गाना २५१ डलर, हरि थापा परिवार २५० डलर थिए ।  उक्त कार्यक्रमको सञ्चालनको लागि भिन्नै ९०० डलरको सहयोग जगदीश ढकाल, नवराज न्यौपाने, दीपक ढकाल, राज ढुङ्गाना, कपिल सुबेदी, दीपक सुनुवार र अर्जुन के सिले गरेका थिए । कार्यक्रममा नगद ५ हजार डलर ६ सय ५९ सहयोग रकम प्राप्त भएको छ ।

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ यो कार्यक्रमको आयोजना गरिएको र सङ्कलित रकम नेपाली घरको खातामा जम्मा गरिने छ । कार्यक्रमको अन्तमा देउसी भैलो भट्ट्याउने, बाध्य वादन र नृत्य गर्नेहरूलाई कार्यक्रम संयोजक जगादिश ढकालले प्रमाणपत्रका साथै लक्ष्मी फुडसका प्रोप्राइटर कृष्ण काफ्ले आफ्नो व्यक्तिगत तर्फबाट २५ डलरका दरले गिफ्ट कार्ड दिएका थिए ।

कार्यक्रमको सञ्चालन किरण अधिकारीले गरेका थिए । 

अन्य फोटो भोलि एल्बम बनाएर प्रकाशित हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू