अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते २१:४० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किनुभएको छ । यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० मा भाग लिई प्रधानमन्त्री देउवा आज स्वदेश फर्किनुभएको हो।

प्रधानमन्त्री नेतृत्वको टोली स्कटल्याण्डको इडेनवर्गबाट कतार एयरवेजको उडानबाट आज दोहा हुँदै काडमाडौँ आइपुगेको हो। वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी भएकाले उहाँबाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किएको बताइएको छ। प्रधानमन्त्री देउवा उक्त सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू