अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

नेपाली वायुसेवा कम्पनीको प्रतिबन्ध फुकुवा गरिदिन पर्यटनमन्त्री आलेको आग्रह

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:२९ मा प्रकाशित

बेलायतको लण्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) मा नेपाली पर्यटन व्यवसायीहरूको टोलीसहित पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगलबार बेलायतको हाउस अफ लर्ड्सकी सांसद् ब्यारोनेस वर्मासँग भेट गर्नुभएको छ ।

भेटको क्रममा उहाँले यूरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई सन् २०१३ मा लगाएको प्रतिबन्ध फुकुवाका लागि बेलायती सरकारका तर्फबाट पनि पहल गरिदिन अनुरोध गरेको बैठकमा सहभागी नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रवन्धक लक्ष्मण गौतमले जानकारी दिनुभयो ।

पर्यटनमन्त्री आलेले नेपाल मामलामा जानकार रहेकी सांसद् वर्मालाई पछिल्लोपटक उड्डयन क्षेत्रमा नियमनकारी र सेवाप्रदायक गरी दुईवटा निकाय बनाउन नेपालको संसद्मा कानुनको मस्यौदा अन्तिम चरणमा रहेको जानकारी गराउँदै अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले औंल्याएका धेरै मुद्दामा सुधार गरेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू