अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने कार्यवाहक प्रधानमन्त्री खाँणको घोषणा

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:२८ मा प्रकाशित

कार्यबहाक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले बाढिपहिरोले ठूलो जनधनको क्षति पुर्याएको सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताउनुभएको छ ।बुधबार हेलिकप्टरमार्फत् ती जिल्लाहरुको बाढिपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि उहाँले बझाङमा आयोजित एक कार्यक्रममा विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताउनु भएको हो ।

कार्यवाहक प्रधानमन्त्री खाँणले बाढिपहिरो प्रभावित पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथरलगायतका प्रभावित जिल्लालाई पनि विपदग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले पीडितहरुलाई राहत दिने, घाईतेहरुको उपचारको व्यवस्था गर्ने र हराईरहेकाहरुको खोजी गर्ने कार्यलाई सरकारले निरन्तर रुपमा अघि बढाईरहेको पनि स्मरण गराउनुभयो । सरकारले बाढी पहिरोमा परी मृतक भएकाहरुलाई १ लाख, हराईरहेकाका परिवारलाई २ लाख र घाईतेहरुको उपचारको व्यवस्था सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

खाँणले बाढीपहिरोले भत्काएको सडक, सिँचाईलगायतका पूर्वाधार निर्माणको कामलाई पनि तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पहाडी जिल्लाहरुको भौगर्भिक अवस्थाको अध्ययन गरेर विपद् आउन नदिने खालको कार्यक्रमहरु ल्याउन सरकार लागिपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू