अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

सिकाइ चौतारीको शुभारम्भ, अब कक्षा १ देखि १२ सम्मका पुस्तक अनलाइनमा

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:२७ मा प्रकाशित

कोभिड–१९ को प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारीको शुभारम्भ गरिएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुभारम्भ गर्नुभएको हो । कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीलाई मध्यनजर गर्दै पढ्न र हेर्न सकिने गरी तयार गरिएको सिकाइ चौतारीको शुभारम्भ गरिएको छ ।

शुभारम्भ गर्दै मन्त्री पौडेलले दूरदराजका विद्यार्थीलाई लक्षित गरी कार्यक्रमलाई सहज, सरल ग्रहणशील हुनुपर्ने बताउनुभयो । मन्त्री पौडेलले चौतारीबाट सिकेका कुरालाई परिपक्कताका साथ अगाडी बढाउन थप आकर्षक एवम् पठनशील हुनपर्नेमा जोड दिनुभयो । उहाँले भिडियोको प्रस्तुति रोचक र आकर्षक भएमात्रै विद्यार्थी सिकाइका लागि आकर्षक हुने बताउनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक पढ्न र हेर्न सकिने बनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले कोभिड–१९ का कारण सिकाई केन्द्रको शुरुआत भएकोमा खुशी व्यक्त गर्नुभयो । सिकाइ चौतारी चलाउँदा न्यूनतम प्रविधिको प्रयोग हुने र यो सबैको पहुँचमा पुर्याउन पोर्टल थप व्यवस्थित बनाउने काम भइरहेको रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिनुभयो ।

सोही पोर्टलमा कक्षा कोठामा विद्यार्थीलाई खेल खेलाउन सकिने, डिस्नेरीबाट शब्द खोज्न सकिने, गाह्रो विषयलाई भिडियोमार्फत हेर्न सकिने गरी विकास गरिएको छ । इन्जिनियर कविन्द्र मानन्धरले लामो समयको कसरतपछि यो कामले सफलता पाएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू