अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

अफगानिस्तानमा विदेशी मुद्रामा प्रतिबन्ध

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:१४ मा प्रकाशित

तालिवान सरकारले अफगानिस्तानमा विदेशी मुद्राउपर प्रतिबन्ध लगाएको छ । पहिलेदेखि नै धर्मराइरहेको अर्थव्यवस्थामा यो कदमपछि झनै खराव अवस्था निम्तिन सक्ने आँकलन गरिएको छ । तालिवानका प्रवक्ता जबीउल्लाह मुजाहिदले यदि कुनै पनि नागरिकले घरेलु लेन–देनमा विदेशी मुद्राको प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

उनले ट्वीटमार्फत एक बयान जारी गर्दै देशको आर्थिक अवस्था र अन्य हितका लागि कहरेक अफगानी नागरिकले स्वदेशी मुद्रामात्र प्रयोग गर्नु पर्ने बताएका छन् । अफगानिस्तानभित्र कयौं व्यापारिक कारोबार अमेरिकी डलरमार्फत भइरहेको छ ।

तालिवानले सत्ता हत्याएपछि अन्तर्राष्ट्रिय समूदायले सहयोग रोक्का गर्दा अफगानी मुद्राको मूल्यका ठूलो गिरावट आएको छ । तत्कालै तालिवानी सत्ताले अन्तर्राष्ट्रिय समर्थन पाउने संभावना पनि देखिँदैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू