अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

नेपालको प्रजातन्त्र कम्पनीको रूपमा विकसित भयो– पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:१२ मा प्रकाशित

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रूपमा विकसित भएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रजातन्त्र नै दलहरूको बाँडफाँडमा परेको टिप्पणी गर्नुभयो ।

दलहरूले हरेक विषयको निर्णय गर्दा आफ्नो भागमा के पर्छ भन्ने स्वार्थले हेर्ने गरेको भन्दै उहाँले प्रजातन्त्र जनतालाई नभइ दलहरूलाई मात्रै आएको आरोप लगाउनुभयो ।दलहरू जनता तर्साउँदै हिँडेको भन्दै श्रेष्ठले यस्ता गलत प्रवृत्तिकै कारण प्रजातन्त्रले सही दिशाबोध गर्न नसकेको टिप्पणी गर्नुभयो ।

एक टेलिभिजन कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उहाँलाई विवेक नभएको मान्छे भनेकोतर्फ इंगित गर्दै श्रेष्ठले आफूले गरेका निर्णयमा विवेक पुगे, पुगेनन् भन्ने विषय जनताको माझमा रहेको र त्यसको निधो जनताले नै गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू