अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

व्यापार घाटा कम गर्न किमाथांका नाका र अरुण तेस्रो सहयोगी बन्नसक्छ -अर्थमन्त्री शर्मा

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:११ मा प्रकाशित

अर्थमन्त्री जर्नादन शर्माले नेपालको व्यापार घाटा कम गर्न किमाथांका नाका र अरुण तेस्रो जलविद्युत आयोजना सहयोगी बन्नसक्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)ले संखुवासभामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले संखुवासभामा रहेको स्रोत र साधनलाई परिचालन गर्न सके व्यापार घाटा कम हुने बताउनुभयो ।

किमाथांका नाकासम्म सडक पुर्याएर व्यवस्थित भन्सार बनाउन सरकारले प्राथमिकता दिएको उहाँको भनाइ छ । केही व्यक्तिहरूले अदालतको परमादेशबाट निर्मित सरकार भनेर टीकाटिप्पणी गरिरहेको भन्दै मन्त्री शर्माले जनादेश प्राप्त सांसदहरूबाट सरकार निर्माण भएको बताउनुभयो ।

प्रतिगमनकारीहरूबाट पटक–पटक संसद विघटन गरी देशलाई दुर्घटनामा पुर्याउन लागेको बेला अहिलेको सरकार आएपछि गणतन्त्रबाट प्राप्त भएको उपलब्धिहरूको संरक्षण भएको उहाँको जिकिर थियो । मन्त्री शर्माले सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि र उद्योगी व्यापारीहरूसँग पनि छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू