अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

नेपालमा आज तेस्रो दिन पनि कोरोना सङ्क्रमण दर ५ प्रतिशतभन्दा कम

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:०७ मा प्रकाशित

आज बुधवार तेस्रो दिन पनि कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार नौ सय १३ जनाको नमुना परीक्षण गर्दा चार दशमलव पाँच शून्य प्रतिशत अर्थात् चार सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हिजो मङ्गलवार र अस्ति सोमवार पनि नेपालमा नमुना परीक्षण गरिएकामध्ये पाँच प्रतिशतभन्दा कममा सङ्क्रमण पुष्टि भएको थियो । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १३ हजार आठ सय २८ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार सात सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय ३९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९३ हजार दुई सय ७१ पुगेको छ ।यही अवधिमा सात जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ३४ पुगेको छ । अहिले नेपालमा नौ हजार एक सय २३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ९७ हजार ७० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ७३ लाख ८१ हजार दुई सय दुई जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् भने ८७ लाख १९ हजार नौ सय ९५ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू