अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाको महाधिवेशन डिसेम्बरमा

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते १६:४० मा प्रकाशित

न्यु योर्क । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) को आठौँ राष्ट्रिय महाधिवेशन आउँदो डिसेम्बर १९ मा हुने भएको छ ।
अमेरिकाको न्यूयोर्कमा हुने महाधिवेशनका लागि फिप्नाले विभिन्न समिति पनि गठन गरेको छ । महासङ्घले सल्लाहकार डन्डु ढोक्प्यालाई महाधिवेशनका लागि प्रमुख निर्वाचन आयुक्त चयन गरेको छ भने पूर्व महासचिव दीपेश खाम्बेक लिम्बु र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) की उपाध्यक्ष मच्छे देवी गुरुङलाई आयुक्त चयन गरेको छ ।

त्यस्तै महासचिव नरेन्द्र थापाको संयोजकत्वमा सदस्यता नवीकरण र प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समिति गठन गरिएको छ । जसमा टोमा लामा, छोंजोम लामा, सोनाम गुल्बु शेर्पा र दीपेन्द्र लामा सदस्य रहेका छन् । बैठकले फिप्नाको सदस्यता नवीकरण डिसेम्बर १, २०२१ सम्ममा र प्रतिनिधि तथा पर्यवेक्षक दर्ता डिसेम्बर १०, २०२१ सम्ममा गर्ने निर्णय गरेको छ । प्रतिनिधि तथा पर्यवेक्षक दर्ताको लागि प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समितिमा सम्पर्क गर्न समेत फिप्नाले आव्हान गरेको छ । महाधिवेशनमा सदस्य संस्थाहरूबाट बढीमा २ जना पर्यवेक्षक र आयोजक समितिले आवश्यकता अनुसारको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै बैठकले फिप्नाको १६औ स्थापना दिवसको अवसरमा नोभेम्बर २८, २०२१ मा न्यूयोर्कमा बृहद रक्तदान कार्यक्रमको गर्ने निर्णय गरेको छ । महाधिवेशन तयारीका लागि नोभेम्बर १३ मा फिप्नाले सल्लाहकार समिति, कार्यसमिति, सङ्घीय परिषद् पदाधिकारी र सदस्य संस्थाहरू बिच संयुक्त बैठक गर्ने फिप्नाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू