अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

वरिष्ठ रचनाकार भैरव नाथ रिमाल ‘कदम’ प्रति समर्पित गीत ‘चाहेको बाटो’ सार्वजनिक

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते १५:११ मा प्रकाशित

काठमाडौँ – गायिका गीता पाण्डेले महान् चाडहरू तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चाहेको बाटो’ गीत सार्वजनिक गरेकी छिन।भैरव नाथ रिमाल कदमको शब्दमा शुभ बहादुर सुनामको सङ्गीत, देवेन्द्र नेवाको सङ्गीत संयोजन साथै गायिका गीता पाण्डेको स्वोरांकन रहेको छ । वरिष्ठ गीतकार भैरव नाथ रिमाल कदम जीवन जगतका आरोह अवरोह छिचोल्दै, दुख सुखका पाटालाई स्विकार्दै, नियति र विपत्तिका आयामलाई भोग्दै एक कर्मठ व्यक्ति आफ्नो कर्ममा जुटिरहन्छ निरन्तर ।

स्वर सम्राट् नारायण गोपाल, अरुणा लामा, तारादेवी, फत्तेमान, दीप श्रेष्ठ, अरुण थापा, मधु क्षेत्री जस्ता गायक गायिकाहरूले उनका शब्दमा आवाज भरेका छन् । गीतकार रिमालका केही कालजयी गीतहरू जुन फूल मैले, हँ यात्री, जिन्दगीको पानभरि, उदास मेरो, तिम्रो सिउँदो सजाइदिने ….. जस्ता दर्जनौँ गीतहरू छन् । सङ्गीतकार शुभ बहादुर सुनाम ज्यूले ७७५ भन्दा बढी गीत मा सङ्गीत गरिसक्नु भएको छ। त्यसमा चलचित्र,भजन,आधुनिक,टी भी सिरियल,पप,बाल गीत,राष्ट्रिय गीत लगायत छन्।

वहाले अधिकांश सङ्गीत तारा देवी श्रेष्ठ ,प्रेम ध्वज प्रधान, मिरा राणा,अनुराधा पौड्याल,कविता कृष्णमुर्ति,कुमार बस्नेत, प्राश्ना शाक्य, लगायत नयाँ गायिकामा गीता पाण्डेको रहेको छ । रेलीमै रेलीमै रेलीमै, चिसो चिसो हावामा,हु यात्री एउटा,पर लैजाऊ फूलहरू,गोरेटो त्यो गाउँको ,यो नानी को शिरैमा, ….. जस्ता दर्जनौँ गीतहरू छन्। देवेन्द्र नेवा नेपाली सङ्गीतमा गीत संयोजक ३० वर्ष लगातार नेपाली सङ्गीत मा समर्पण नाम। लगभग ८००० वटा जति गीतमा गीत संयोजक भई सक्नु भएको। वहाँको पनि धेरै नै गीतहरू लोकप्रिय छन् पछिल्लो समय बजारमा मदन कृष्ण श्रेष्ठ ज्यूले गाउनु भएको ‘जीवनको पाना’ श्रोताले मन पारिदिनु भएको छ।गायिका गीता पाण्डे सँग चाही यो गीत वहाँको पहिलो र आगामी दिनमा अरू नयाँ गीतहरूमा सहकार्य हुने नै छ ।

“यो मेरो सौभाग्य हो, मैले नेपाली आधुनिक सङ्गीतका नक्षत्रहरू भैरव नाथ रिमाल कदम र शुभ बहादुर सुनाम निम्ति गाउने मौका पाए। मेरा निम्ति सङ्गीतकार शुभ बहादुर सुनाम ज्यूले सधैँ नौलो प्रवृत्ति र धारको सिर्जना गर्दिनु भयो साथै
साधुवाद सङ्गीत संयोजक देवेन्द्र नेवाको सहयोग प्रति ।आफूले सकेको राम्रो प्रस्तुत गरेकी छु र अझै धेरै सिक्दै जाने छु “ गायिका गीता पाण्डे यो गीत ‘चाहेको बाटो हिँड्न देऊ मलाई’ म गायिका गायिका गीता पाण्डे रचनाकार भैरव नाथ ‘कदम’ र वहाँको परिवार प्रति समर्पण गर्न चाहन्छु।

कोरोनाको कहरका कारण गीतको भिडियो भने अहिले लिरिकल रूपमा निर्माण गरिने छ ।

Abstract pink purple background with magic bokeh, Dark Purple vector blurred background with glow

प्रतिक्रिया