अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

काबुलमा विस्फोट हुँदा १५ जनाको मृत्यु, ३४ जना घाइते

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते ७:३४ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमामा दुई शक्तिशाली विस्फोटमा परेर १५ जनाको मृत्यु भएको छ ।दुईवटै विस्फोट अस्पतालको अगाडि भएको तालिबानका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तालिबानसम्बन्धी सुरक्षा अधिकारीका अनुसार विस्फोटमा परेर अहिलेसम्म ३४ जना घाइते भइसकेका छन् ।

प्रत्यक्षदर्शीले त्यहाँ गोलीको आवाज पनि सुनेको बताएका थिए । अस्पतालका कर्मचारीले अस्पतालभित्र विस्फोटको ठूलो आवाज सुनेका थिए । तालिबान सरकारका गृह मन्त्रालयका प्रवक्ता कारी सईद खोस्ती विस्फोट भएको स्थानमा पुगेका थिए । उनले विस्फोटमा मानिसको मृत्यु भएको जानकारी दिँदै विस्तृत विवरण पछि सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू