अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दावी पेश

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते ७:३३ मा प्रकाशित

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले दावी पेश गर्नु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहदुर शाहीले हिजो साझँ राजीनामा दिनुभए पछि प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले हिजो बेलुका नै संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आहृवान गर्नुभएको थियो ।

कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय रहेकाले मुख्यमन्त्रीमा दावी पेश गर्न १८ सांसदको समर्थन भए पुग्छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा उहाले प्रदेश प्रमुख कलौनी समक्ष मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ ।

उहाँलाई कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी)का ३ सांसद गरी २१ सांसदले समर्थन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू