अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

मेरो लक्ष्य एसिया कप छनोट– प्रशिक्षक अल्मुताइरी

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते ७:३३ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अत्मुताइरीले आफ्नो लक्ष्य एसिया कप छनोट रहेको बताउनुभएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै अल्मुताइरीले तीन वर्षे लक्ष्य र योजनाहरु सार्वजनिक गर्ने क्रममा एसिया कपमा छनोट हुनु आफ्नो लक्ष्य रहेको बताउनुभएको हो ।

तीन चरणको लक्ष्य राखेको बताउँदै उहाँले पहिलो चरणमा २०२७ को एसिया कपमा छनोट हुने लक्ष्य रहेको बताउनुभयो । मंगलबार पत्रकार सम्मेलनका क्रममा अखिल नेपाल फुटबल संघले उनीसँग तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेको छ । यसअघिको सम्झौता रद्दा गर्दै एन्फाले सोमबारदेखि लागू हुने गरी अल्मुताइरीसँग तीन वर्षको सम्झौता गरेको हो । सम्झौतासँगै अल्मुताइरी २०२४ को नोभेम्बरसम्म प्रशिक्षकको रुपमा रहनुहुनेछ ।

साफ च्याम्पियनसिपको फाइनलअघि कहिल्यै पनि नेपाल नफर्कने घोषणा गरेका अल्मुताइरीले आफूलार्ई नेपाली फ्यानको मायाले आकर्षित गरेको बताउनुभयो । आफूसँग क्षमता भएको र नेपाली फुटबल फ्यानले त्यो क्षमतालाई चिनेर माया गरेको उहाँको भनाइ छ ।

कतार फुटबल संघले अल्मुताइरीको तलब तथा सेवासुविधा हेर्नेछ । नेपालमा रहँदा उहाँलाई एन्फाले दुई लाख रुपैयाँ प्रतिमहिना दिने स्रोतले जनाएको छ । उहाँको तलब मासिक १० देखि १२ लाख रुपैयाँ रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू