अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

कोप २६ मा बन बिनास पूर्ण रुपमा रोक्ने प्रतिवद्धता

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते ७:२७ मा प्रकाशित

कोप २६ जलवायु शिखर सम्मेलनमा भाग लिएका विश्वका नेताहरुले अबको ९ बर्षमा बन बिनास पूर्ण रुपमा रोक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सम्मेलनमा भाग लिएका १ सय भन्दा बढि देशका नेताहरुले सन् २०३० सम्ममा बन जङ्गल बिनासको काम पूर्ण रुपमा रोक्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । यसबारेमा सबैले हस्ताक्षर गरेका छन् ।

विज्ञहरुले नेताहरुको यो प्रतिवद्धतालाइ सकारात्मक भएको भन्दै स्वागत गरेका छन् । बेलायतमा जारी सम्मेलनले गर्ने निर्णयहरुलाइ चासोका साथ हेरिएको छ । रूखहरू संरक्षण गर्नाले जलवायु परिवर्तनमा योगदान पुग्ने र कार्वन उत्सर्जन घटाउन सहयोग पुग्ने विश्वास विज्ञहरुले गरेका छन् ।

सम्मेलनमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले जङ्गलको विनाशकारी नोक्सान रोकि मानवताको भूमिका निर्वाह गर्नुपर्ने तथा प्रकृतिको संरक्षक बन्नुपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू