अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

प्रधानन्यायाधीशले राजीनामा दिन ढिला गरे ’असम्मानजनक बहिर्गमन’ हुन्छ – कांग्रेस नेता पौडेल

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते ७:२६ मा प्रकाशित

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दबाब दिनुभएको छ । वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले आज मङ्गलवार बिहान हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उहाँले छिटो राजीनामा दिनुपर्ने धारणा राख्नुभयो ।

वरिष्ठ नेता पौडेलले ढिलाइ गर्दै गए उहाँको बर्हिगमन अपमानजनक हुने तर्क गर्नुभयो । उहाँले प्रधानन्यायाधीशसँग ‘सेटिङ’ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्लाई ध्वस्त पारेको, संविधानको आत्मामाथि नै प्रहार गरेको आरोपसमेत लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू