अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

सर्वोच्च अदालतमा देखिएको विवाद उस्तै, तेश्रो दिनपनि धर्ना

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते ७:२३ मा प्रकाशित

सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्धा सुनुवाइ फेरि प्रभावित भएको छ । हिजो प्रधानन्यायाधिससंगको वार्ता सकारात्मक हुने भन्दै बन्दीप्रत्यक्षीकरणको मुद्धा हेरेका न्यायाधिसहरूले आज फेरि सुनुवाइ बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायालयको नेतृत्व गर्न असक्षम भएको र न्यायिक सुधारमा बाधक बनेको भन्दै राजीनामाको माग गरेका न्यायाधीशहरू आज इजलासमा नगएका हुन् ।

प्रधानन्यायाधीश जबराले १० न्यायाधीशको ६ वटा इजलास तोक्नुभएको थियो । उहाँले आफूलाई कुनै इजलास तोक्नुभएको छैन । तर प्रधानन्यायाधिसको आसय प्रस्ट नभएको भन्दै न्यायाधिसहरूले इजलास बहिस्कार गरेका हुन् । प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमनका लागि आफू तयार रहेको प्रस्ताव पठाएपछि त्यसका लागि विश्वासको वातावरण बनाउन भन्दै न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई आफ्नो इजलास नतोक्न तथा बाँकीलाई बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र तोक्न आग्रह गरेका थिए ।

यसैबीच, नेपाल बार एसोसिएसनले भने प्रधानन्यायाधिसको राजीनामा बाहेक अरु बिकल्पमा सहमति नगर्न न्यायाधिसहरूलाइ आग्रह गरेका छन् । बारमा आबद्ध वकिलहरूले जबराले सम्मानजनक बहिर्गमनको नाममा आफू फेरि पदमा टिकिराख्ने योजना बनाएको आशंका गर्दै न्यायाधीशहरूप्रति खबरदारी गरेको बताएका छन् । बारका सदस्यहरु आज लगातार तेस्रो दिन धर्नामा बसेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू