अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

तिहारमा ढुक्क भएर झिलिमिली गर्नुहोस् – निर्देशक कुलमान घिसिङ

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते ७:२१ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको छ । आज नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको हो । उहाँले यस वर्षको तिहारमा झन्डै १५ सय मेगावाट बिजुली प्रयोग हुन सक्ने प्रक्षेपण गरेको बताउनुभयो ।

घिसिङले अहिले कुलेखानीको विद्युत् खेर गइरहेको बताउँदै प्रसारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताउनुभयो । उहाँले आम नागरिक तथा उपभोक्तालाई ढुक्कसँग विद्युत् चलाउन आग्रह गर्नुभयो । उहाँले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताउनुभयो ।

घिसिङले ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले भरपर्दो विद्युत् कसरी दिने भन्ने अबको चुनौती रहेको बताउँदै अब देशभर स्मार्ट चार्जिङ स्टेशन राख्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू