अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

हामीले १०–१५ दिन रिल्याक्स गर्दा अदालतले पार्टी दुईवटा बनाइदियो- प्रचण्ड

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:५२ मा प्रकाशित

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निरंकुशताविरुद्धको संघर्ष सफल भए पनि आफूहरु पूरै विजयी भने भइनसकेको बताउनुभएको छ । पार्टीनिकट कर्मचारीको कार्यक्रममा बोल्दै उहाँले अझै पनि देशी–विदेशी प्रतिक्रियावादीको षडयन्त्र जारी रहेको उल्लेख गर्नुभयो ।

पार्टीनिकट नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने षडयन्त्र अहिले पनि जारी रहेको बताउनुभएको हो । प्रचण्डले प्रतिक्रियावादीको सेटिङमा परेर निर्वाचन आयोगले आफूहरूलाई पार्टीको वैधानिकता नदिएको गुनासो गर्नुभयो ।

बहुमत सांसदको हस्ताक्षरसहित कागज लिएर संसद सचिवालयमा दर्ता गरेकै दिन पार्टी दुईवटा बनाउने गरी अदालतको फैसला आएको उहाँको भनाइ छ । प्रचण्डले आगामी तीन तहको चुनाव एकैपटक गर्नेबारे सत्तारुढ गठवन्धनमा छलफल भइरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू