अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:५० मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ ।शाही मुख्यमन्त्री बन्दा कांग्रेससँग भएको आलोपालो गर्ने पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिन लाग्नुभएको हो ।

उहाँले आजै राजीनामा दिने तयारी गरेकोे बुझिएको छ । मुख्यमन्त्री शाहीले साँझ पाँच बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । शाहीले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता जिवनबहादुर शाही मुख्यमन्त्री बन्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू