अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

एमालेसँग एकल प्रतिस्पर्धा गर्न आऊ, सक्दैनौं भने गठबन्धन बनाएर आऊ– ईश्वर पोखरेल

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:४९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौती दिनुभएको छ ।सोमबार नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिनुभएको हो ।

उहाँले एमालेको विरुद्धमा अहिले एउटा गठबन्धन तयार रहेको बताउँदै उक्त गठबन्धनले संविधान र कानूनलाई ठाडो उल्लंघन गरिरहेको आरोपसमेत लगाउनुभयो ।महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले राजनीतिक अस्थिरता पैदा गरेको, विकास निर्माणका कामलाई रोकेको र कानूनलाई ठाडो उल्लंघन गरेको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकार विदेशीको अघि घुँडा टेक्नसमेत पछि नपरेको दावी गर्नुभयो ।

महासचिव पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा विदेशी पार्टीहरूलाई बोलाएको र लगभग ५ लाख जनताको उपस्थितिमा महाधिवेशनको उद्घाटन गर्ने बताउनुभयो । उहाँले देशवासीको नाममा नेकपा एमाले विगतको भन्दा सशक्त ढंगले अघि बढ्ने दावी गर्दै मुलुकलाई नयाँ संकल्पसहित अघि बढाउने योजनामा रहेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू