अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

नेतृत्वको अलोकतान्त्रिक गतिविधिले कांग्रेस कमजोर भयो– नेता सिंह

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:४८ मा प्रकाशित

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक गतिविधिले गर्दा कांग्रेस कमजोर भएको बताउनुभएको छ ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले नेतृत्वका कारण पार्टी कमजोर भएको बताउनुभयो ।

नेता सिंहले संविधान र लोकतन्त्र जोगाउनको लागि कांग्रेस नेतृत्वको सरकार बनेको बताउनुभयो । वर्तमान सरकारले जनताको भावना र इच्छा अनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।१३ औं महाधिवेशन भएको दुई महिना भित्रमा गठन हुनुपर्ने विभागहरू त्यसअनुसार गठन हुन नसक्दा महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्व असफल भएको उहाँको आरोप छ । नेतृत्व सुरुदेखि नै विधिविधान विपरीत काम गर्न लागि परेको उहाँले बताउनुभयो ।

पार्टीको विधान अनुसार काम गर्न नसक्दा अझै पनि महाधिवेशन हुनेमा कार्यकर्ताहरूले आंशका व्यक्त गरिरहेको नेता सिंहको भनाइ छ । अहिलेकै अवस्था रहिरहे भविष्यमा कांग्रेस कहाँ छ भनेर खोज्नुपने अवस्था आउने भन्दै उहाँले कांग्रेसले प्रजापरिषद्को बाटो समातेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू