अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७
| Colorodo: 12:12
नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको हो । मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो ।
क्यानले गठन गरेको छनोट समितिले आवेदन परेकाको केहि दिनमा अन्तर्वाता गर्ने बताएको छ । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाड्नु भएको हो । ६७ वर्षीय ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो । तर, उहाँले ८ महिना नबित्दै राजीनामा दिनुभएको हो ।