अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

जापानमा रेलवे स्टेशनमा छुरा प्रहार हुँदा १७ जना घाइते

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:४५ मा प्रकाशित

जापानमा रेल स्टेशनमा चक्कु प्रहार हुँदा १७ जना घाइते भएका छन् । राजधानी टोकियोस्थित भूमिगत रेलेवे स्टेशनमा अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा १७ जना घाइते भएको बीबीसीले जनाएको छ ।भेष बदलेर आएका ती व्यक्तिले रेलवे स्टेशनमा जथाभावी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । टोकियोको पश्चिममा रहेको काकुरियो स्टेशनमा घटना भएलगत्तै यात्रुहरु रेलको झ्यालबाट हाम फालेका दृष्यहरु टेलिभिजनमा प्रशारण भएका थिए ।

घटनामा संलग्न रहेको आशंकामा २० वर्षिय एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ । चक्कु प्रहार भएलगत्तै गाडीम आगजनीसमेत भएको बताइएको छ । सो व्यक्तले नै सवारीसाधानमा आगजनी गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना भएलगत्तै यात्रुहरुबीच भागदौड भएका दृष्यहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । जापानमा हिंसात्मक गतिविधिहरु कम हुने भएपनि हालैका दिनमा छुरा प्रहारका घटनाहरु बढ्दै गएको बताइएको छ । गत अगस्टमा टोकियोमा गुडिरहेको रेलमा छुरा प्रहार हुदा १० जना घाइते भएका थिए । सन् २०१९ मा पनि विद्यालयको बस कुरेर बसेका विद्यार्थीको समूहमा आक्रमण गर्दा २ जनाको मृत्यु र १८ जना घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू