अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

सोमवार देशभर ५३३ जना कोरोना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:४० मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ५ सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४ सय ४१ तथा एन्टिजेन विधिबाट ९२ जना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ९ जनाले कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय १६ जना पुगेको छ । यही अवधिमा थप ४ सय ९० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमित मध्ये ७ लाख ९२ हजार २ सय ७७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा सङ्क्रमितहरुको निको हुने दर ९७.४ प्रतिशत पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३ सय १८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू