अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

कोप २६ मा जलवायु परिवर्तनको असर बारे छलफल सुरु

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:४१ मा प्रकाशित

स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरु जलवायु परिवर्तनसँग कसरी लड्ने भन्ने बारे बसहमा जुटेका छन् । जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका मुलुक, आद्योगिक राष्ट्र र कार्बन उत्सर्जनलाई घटाउन कदम चालिसकेका मुलुकका नेताहरुले आ–आफ्नो दृष्टिकोण राखिरहेका छन् ।

चीन, भारत र ब्राजिललगायत प्रमुख अर्थतन्त्रहरूले कोइला र वन फँडानी जस्ता मुद्दाहरूमा आफ्नो प्रतिबद्धतालाई कडा पार्न दबाबको सामना गर्नु पर्ने देखिएको छ । कम विकसित देशहरूले जलवायु परिवर्तनको विनाशकारी प्रभावहरूको सामना धनी राष्ट्रले दिने भनेको आर्थिक सहयोगको प्रतिज्ञा पूरा गर्न दबाव दिने रणनीति बनाएका छन् ।

सम्मेलनको आयोजक बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विश्व निकै संवेदनशील घडीमा पुगेको प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू