अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यको राजीनामा, मुख्यमन्त्रीमा दावी गर्न भोली १ बजे सम्मको समय

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:३७ मा प्रकाशित

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनु भएको छ । आज दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई राजीनामा पत्र बुझाउनु भएको हो । मुख्य मन्त्रीले राजीनामा बुझाए लगत्तै प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।

प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम भोली दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको छ । प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको आचार्यले उल्लेख गर्नुभएको छ ।

गत भदौ १० गते आचार्य मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । नियुक्त हुनुभएको १५ दिनमै उहाँ अल्पमतमा पर्नुभएको थियो । एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा पर्नुभएका आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिने प्रस्ताव पेश गर्नु भएको थियो । उहाँले राजीनामा दिएपछि प्रस्ताव मतदानमा नलगिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू