अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०० | Colorodo: 11:15

“ओली गणतन्त्र उल्ट्याउन लागिपरेका छन्” – माओवादी अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:३६ मा प्रकाशित

पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाउनुभएको छ । सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष प्रचण्डले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको आरोप लगाउनुभएको हो ।

उहाँले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप लगाउनुभयो । अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले धेरै राम्रा काम गरे पनि बिक्री गर्न नजानेको टिप्पणी गर्नुभयो । माओवादीलाई पुनः नेतृत्व दिलाउन अब नेता कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने उहाको भनाई छ । प्रचण्डले जनताको विकास र समृद्धिको लागि जनताको बीचमा आत्मलोचना गरेर स्थापित हुनुपर्ने ठहर गर्नुभयो ।

अध्यक्ष दाहालले काठमाडौं उपत्यकाको मुख्य समस्या स्ववासीहरुले लालपूर्जा नपाएको बताउँदै त्यो समस्या समाधानका लागि माओवादी लागि पर्ने र सम्बन्धित मन्त्रालयलाई पनि खबर गरिएको बताउनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई भेटेर स्ववासीलाई लालपूर्जा दिने काम तत्काल गर्न आग्रह गरेको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू