अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

प्रधानन्यायाधीश राणाको प्रस्ताव न्यायाधीशहरूद्वारा अस्वीकार

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:३४ मा प्रकाशित

चैत मसान्तमा राजीनामा दिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको प्रस्तावलाई न्यायाधीशहरूले ठाडै अस्वीकार गरेका छन् ।प्रधानन्यायाधीश राणाले सम्मानजनक बहिर्गमन चाहेको भन्दै सहकर्मी न्यायाधीश मनोजकुमार शर्मामार्फत अन्य असन्तुष्ट न्यायाधीशहरूलाई उक्त प्रस्ताव पठाउनुभएको थियो ।

प्रधानन्यायाधीश राणाको प्रस्तावपछि छलफलमा जुटेका न्यायाधीशहरूले चैतमा राजीनामा दिने प्रधानन्यायाधीशको प्रस्ताव कपटपूर्ण भएको ठहर गर्दै राजीनामाको मागबाट पछि नहट्ने निर्णय गरेका हुन् ।यसैबीच, असन्तुष्ट न्यायाधीशहरू आठ दिनपछि इजलासमा फर्किएका छन् । सोमबार उनीहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दाहरू सुनुवाइ गरे । प्रधानन्यायाधीशबाहेकको इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाई गर्ने तर उहाँसहितको इजलासमा भने कुनै पनि मुद्दा सुनुवाई उनीहरूको निर्णय छ ।

प्रधानन्यायाधीश राणाले सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र राखेर ६ वटा इजलासमा पेशी तोक्नुभएको थियो । उहाँले ६ वटा इजलासमा १/१ वटा बन्दी प्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइका लागि पेशी चढाउनुभएको थियो । तीमध्ये बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले प्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । यस्तै ३ वटा संयुक्त इजलासले रिट खारेज गरेको छ भने एउटा मुद्दा तामेलीमा राख्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू