अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डद्धारा अष्ट्रेलिया पराजित

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:२७ मा प्रकाशित

विश्वकप टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड सेमिफाईनल नजिक पुगेको छ । युएईको दुबईमा गएराति भएको खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई ८ विकटे हरायो ।अष्ट्रेलियाले दिएको १ सय २६ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पुरा ग¥यो । उसका लागि जोस बट्लरले अविजित ७१ रन जोडे ।

यसअघि पहिले व्याटिङ गरेको अष्ट्रेलियाका आरोन फिन्चले ४९ रन बनाएपछि टोलीले २० ओभारमा अलआउट हुनुपुर्व १ सय २५ रन बनाएको थियो । जितसँगै इंग्ल्याण्डले विश्वकप टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा पुग्ने संभावना बलियो पारेको छ ।

लगातार तिन खेल जितेको इंग्ल्याण्ड ६ अंकसहित समुहको शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको दक्षिण अफ्रिका र तेस्रो स्थानको अष्ट्रेलियाको समान ४–४ अंक छ । हिजोको पहिलो खेलमा श्रीलंकालाई ४ विकटले हराउँदै दक्षिण अफ्रिका दोस्रो स्थानमा उक्लिएको हो । विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आज अफ्गानिस्तान र नामिबिया तथा भारत र न्युजिल्याण्डबिच खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू