अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

आयल निगमभित्रको अनियमितताको छानविन गर्न नेविसंघको माग

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:२६ मा प्रकाशित

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयल निगमभित्र बेथिति, अनियमितता र भ्रष्टाचार रहेको जनाएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै निगमभित्र भएको अनियमितताको छानविन गर्न नेविसंघले माग गरेको छ ।

सञ्चित रकम र मूल्य स्थिरीकरण कोषलगायतबाट जनतालाई राहत दिनुपर्ने संघको माग छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले महँगी बढ्नेप्रति संघले सरकारलाई सचेत गराएको छ ।

चाडपर्वको समयमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न संघले माग गरेको छ । प्रतिकूलतामा बसिरहेका जनतालाई राहत महसुस हुनेगरी कार्य गर्ने समय भएको उल्लेख गर्दै सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न संघले माग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू