अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

अलमुताइरीलाई मन्त्रीको भरोसा– ‘सरकार तपाईँको साथमा छ, ढुक्क भएर काम गर्नुहोस्’

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:२० मा प्रकाशित

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारीलाई स्वागत गर्नुभएको छ ।हिजो शनिवार नेपाल फर्किएलगतै आज आइतवार सिंहदरबारमा रहेको मन्त्रालय पुगेका अलमुतारीलाई मन्त्री गहतराजले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गर्नुभएको हो ।

नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन अलमुतारीले पु¥याएको योगदान अतुलनीय रहेको भन्दै उहाँले आउँदा दिनमा समेत गोर्खाली स्प्रिटलाई कयमराख्दै काम गर्न आग्रह गर्नुभयो । विगतमा केही समस्या देखिए पनि त्यसलाई चिर्दै अलमुतारीलाई फेरि नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री गहतराजले भन्नुभयो, ‘नेपाल सरकार तपाईँको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।’

स्वागतपछि प्रतिक्रिया दिँदै अलमुतारीले नेपाल र नेपालीहरूको मायाले आफू फेरि नेपाल फर्किएको बताए । आजको दिन आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको बताउँदै उनले नेपालले आफूलाई धेरै माया दिएको बताए । अब अलमुताइरीले थप तीन वर्ष नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गर्नुहुने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू