अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:२२ मा प्रकाशित

राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनामा घरघर खटिने गणकका लागि अन्तिम चरणको तालिम सुरु भएको हो ।७७ वटै जिल्लाका ३४९ वटा जनगणना कार्यालयले गणकका लागि अन्तिम चरणको तालिम शुरु गरेको विभागले जनाएको छ ।

देशभर जनगणना कात्तिक २५ बाट शुरु हुनेछ । जनगणनाको काम मंसिर ९ गते पूरा हुनेछ । ३९ हजार गणक देशैभर खटिन विभागले जनाएको छ । गणकका लागि तालिम १३ कात्तिकबाट १६ कात्तिकसम्म चल्नेछ । ट्याब प्रयोग हुने काठमाडौंमा भने १७ गतेसम्म गणकको तालिम चल्ने विभागले जानकारी गराएको छ ।

तालिममा जनगणना क्षेत्रको पहिचान, सही तथ्यांक ल्याउन गणकले अपनाउनु पर्ने सावधानी, उत्तरदातासँग गर्नुपर्ने व्यवहार, तथ्यांकको गोपनीयता कायम राख्ने विषयमा जानकारी गराइने भएको छ । गणकको सानो गल्तीले तथ्यांकको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने भन्दै गणक बढी नै गम्भीर हुनुपर्ने भन्दै तालिम सञ्चालन शुरु गरिएको हो ।

गणकले स्थलगत काममा गल्ती नगरुन् भने कक्षागत रुपमा अभ्यास समेत गराइने भएको छ । विभागका अनुसार गणकलाई तालिम दिन कलेजका शिक्षक, माध्यमिक तहका शिक्षक, सरकारी निकायका अधिकृत स्तरका कर्मचारी र स्नातकोत्तर तह उत्तीर्ण गरेका सुपरीवेक्षक समेत गरी १५ सय जना प्रशिक्षक खटिएका छन् ।

केन्द्रीय तथ्यांक विभाग तथा मन्त्रालयका अधिकृत, यूएनएफपीय र केन्द्रीय विभाग जनसंख्याशास्त्रका जनसंख्याविद् गरी करिब एक सय जना देशभर सञ्चालन हुने गणक तालिमको अनुगमन तथा अवलोकनमा खटिएको समेत विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू