अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

राष्ट्रपतिद्धारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:२१ मा प्रकाशित

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण गरिएको छ । म्यान्मारमा बाट ल्याइएर विमानस्थलमा प्रवेशद्वारमा राखिएको उक्त मूर्ति आज राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्नुभएको हो । साढे २ अर्ब मूल्यको बुद्धमूर्तिको तौल एक हजार आठ सय किलो तथा उचाइ १ दशमलव ९ मिटर र चौडाइ ६० सेन्टिमिटर रहेको छ ।

मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो । उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो । बुद्धमूर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजना समेत रहेको विमानस्थलमा महाकरुणा बुद्ध मूर्ति राखिनुले लुम्बिनीबाट विश्वभरका पर्यटकमाझ शान्ति, अहिंसा र करुणाको सन्देश फैलिने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकास गर्न लुम्बिनी गुरुयोजना समय पूरा गरी लुम्बिनी सर्किटको विकास गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू