अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सधैँ तयार छ – प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:१७ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सधैँ तयार रहेको स्पष्ट पार्नुभएको छ । बेलायतमा रहेको नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताकोे विषय नेपालको संविधानसँग जोडिएकाले अहिलेलाई त्यो सम्भव नरहेको उहाँको भनाइ थियो । उहाँले बेलायतको नागरिकता लिएका नेपाली यहाँको सांसद हुन सक्ने सम्भावना औल्याउँदै गैरआवासीय नेपालीले नेपाललाई निरन्तर सहयोग गरिहेकामा प्रसंशासमेत गर्नुभयो ।

कार्यक्रममा समितिका अध्यक्ष युवराज गुरुङले जनसम्पर्क समितिका काम कारबाहीबारे जानकारी गराउँदै प्रवासमा रहेका नेपालीका समस्या र चुनौतीका सम्बन्धमा उहाँकोे ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गतको ’वर्ल्ड लिडर समिट’ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएको शुक्रवार राति लण्डन पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू