अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन आजदेखि सुरु हुँदै

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:१५ मा प्रकाशित

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि स्कटल्याण्डको ग्लास्गोमा सुरु हुँदैछ । सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ ।सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू, विषय विज्ञ, नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिसहरू भेला हुँदैछन् । कोप २६ अन्तर्गत विश्व नेताहरूको शीर्ष सम्मेलन भोलि र पर्सी हुनेछ ।

सम्मेलनमा जलवायु सम्बन्धी विभिन्न समस्या र समाधानका प्रयासबारे छलफल हुनेछ । विश्व नेताहरूले पृथ्वीलाई भविष्यमा पनि जीवनयोग्य बनाउन के कस्ता कदमहरू उठाउने छन् भन्ने आम चासोको विषय बनेको छ ।

कोपका लक्ष्यहरू सफलतापूर्व प्राप्त गर्न र जलवायु परिवर्तनसँग जुध्न शीर्ष नेताहरूले ठोस योजना र विश्वसनीय योजनाहरू बनाउने अपेक्षा गरिएको छ । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको सम्मेलनले तय गरेका लक्ष्यहरु यो सम्मेलनले केही परिमार्जन गर्ने अनुमान गरिएको छ । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू