अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

नेपाल–भारत सम्बन्ध बलियो बनाउन कलाकारहरूको भूमिका महत्वपूर्र्ण छ – लोसपा नेता महतो

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:०९ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताका लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरूको बिदाइ कार्यक्रममा बोल्दै नेता महतोले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल–भारतबीचको संस्कृतिले सम्बन्धलाई बलियो बनाउने काम गरेको पनि उल्लेख गर्नुभयो । राम र सीताबीचको सम्बन्ध रामायणकालीन भएकै कारणले आफूहरूले नेपाल–भारत सम्बन्धलाई बेटीरोटीको सम्बन्ध बताउँदै आएको उहाँले बताउनुभयो ।वरिष्ठ नेता महतोले सीता विना सम्पूर्ण रामायण नै अपूरो रहेको भन्दै रामायणले नेपाल–भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताउनुभयो ।

उहाँले मिथिलाको कला क्षेत्र पौराणिक कालदेखि नै उन्नत रहेको बताउँदै यसको विकासमा आफ्नो तर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने बताउनुभयो । मिथिला नाट्य कला परिषद्ले मिथिला संस्कृति र यसको विकासका लागि खेलिरहेको भुमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू