अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

आगामी आमनिर्वाचन सम्म अहिलेको गठबन्धन कायम रहन्छ– गृहमन्त्री खाँण

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:०८ मा प्रकाशित

कार्ययबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले आगामी आमनिर्वाचन सम्म अहिलेको सत्ता गठबन्धन कायम रहने बताउनुभएको छ । संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ बजबुद बनाउन निर्वाचनसम्म गठबन्धन कायम रहने उहाँको भनाइ छ ।

आज गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा उहाँले शान्ति र स्थायित्व कायम गर्न, संविधानको कार्यान्वयन र व्यवस्था रक्षाको लागि सरकार गम्भीर रहेको बताउनुभएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र सबैको लागि स्वीकार्य हुने तथा संविधान र व्यवस्था प्रति सबैको स्वामित्व स्थापित हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू