अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

केपी ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्योः माधवकुमार नेपाल

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:०५ मा प्रकाशित

सत्ता साझेदार नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । आइतबार समाजवादी इन्जिनियरिङ एसोसिएसनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताउनुभयो ।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको दाबी गर्नुभयो । उहाँले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गर्नुभयो । नेपालले ओलीको पालामा बालुवाटारमा हेलिप्याड बनाएको भन्दै चिन्ता व्यक्त गर्दे सरकारले जनताको पसिनाको कदर नगरेको र महत्व नबुझेको आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले राष्ट्रपति भवनमा समेत हेलिप्याड बनाउने कुरा चलिरहेको भन्दै हेलिप्याड बनाउने कुरामा आफ्नो बिरोध रहेको स्पष्ट पानुृभयो । उहाँले देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान शुरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू